पोखरा एक्सप्रेस ,लेखनाथ ।
लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२५÷२६ का लागि निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई लायन्स क्लव ईन्टरनेशनल ३२५ आई की डिष्ट्रीक गभर्नर पार्वती खरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।
कार्यक्रममा प्रथम उपाध्यक्ष डमरुबल्लभ चापागाई,द्धितीय उपाध्यक्ष चिरञ्जीवी तिवारी,तृतीय उपाध्यक्ष महेन्द्र सिग्देल,सचिव केदारनाथ लामिछाने,कोषाध्यक्ष विष्णुबहादुर सुनार,सहसचिव सुन्दर ढकाल,प्रशासक भुवन श्रेष्ठ तथा सदस्यहरु डाक्टर प्रकाश भट्राई,ओमप्रकाश पौडेल,शिवप्रसाद लामिछाने, रविलाल सुवेदी,सुर्यप्रसाद तिवारी,शिवप्रसाद वास्तोला लगायतलाई सपथ ग्रहण गराइएको थियो ।
उक्त अवसरमा बर्ष २०२४÷२५ का अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले आफ्नो कार्यकालमा भए गरेका विभिन्न गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए भने बर्ष २०२५÷२६ का अध्यक्ष बोधराज लामिछानेले आगामी योजना र कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ आई का पूर्व डिष्ट्रीक गभर्नर राम वसेल, निवर्तमान गभर्नर विनोद ढुंगाना लगायतले बोलेका थिए ।
क्लवका अध्यक्ष अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रम लायन्स क्लव अफ लेखनाथका सचिब तुलसी सापकोटाले कार्यक्रमको सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया