पाेखरा एक्सप्रेस ,पोखरा ।
नेकपा ( एमाले) प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्राेही गिरीले बिधान संशाेधन गरि चुनाव हुने क्षेत्रका कमिटीहरू कार्यकारी कमिटी बनाउनु पर्ने बताउनु भएकाे छ । नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटीकाे चाैथाें पूर्ण बैठकमा बाेल्दै उक्त कुरा बताउनु भएकाे हाे ।
अहिले भएकाे निर्वाचन क्षेत्रिय कमिटीहरूलाई कार्यकारी बनाअाैं जिल्ला कमिटीलाई समन्वय बनाउनु पर्छ युवा नेता गिरीले भन्नुभयाे – निर्वाचित हुने क्षेत्रलाई कार्यथलाे बनाउदा पार्टी काम उठाउने परिस्थिति हुन्छ ।
उहाँले प्रदेश सरकार गठन भएकाे एक बर्षमा प्रदेश सरकारका उपलब्धि र कामका बारेमा बैठकमा एजेन्डा का रूपमा अाउनुपर्ने र समीक्षा हुन जरूरी भएकाे बताउनु भयाे । पार्टी र संसदीय फाँट फरक हाे जस्ताे गरि गतिविधि चल्नु हुदैन त्यसले पार्टी र जन प्रतिनिधिहरू बीचकाे समन्वय देखिन्न । जन प्रतिनिधिले पार्टीले सहयाेग नगरेकाे , पार्टी नेतृत्वलाई संसदीय माेर्चाले नटेरेकाे जस्ताे देखिएकाे छ त्याे अन्त्य हाेस् उहाँले भन्नुभयाे ।
बिचारमा एक रूपता भएपनि कार्यशैलीमा नेताहरू कमिटीगत प्रणालीलाई इन्गाेर गरेर चल्दा कार्यकर्तामा उत्साह नभएकाले नेताहरू कमिटीगत प्रणालीमा चल्न जरूरी भएकाे उहाँले बताउनुभयाे । नियमित कामलाई अभियानकाे रूपमा सञ्चालन गर्नुपर्ने स्थिति किन बन्याे? समीक्षा हाेस् उहाँले भन्नुभयाे- युवा पुस्तालाई राजनीतिमा अाकर्षण गर्ने कार्यक्रम तत्लाे तहमा अाएका छैनन । जनसंगठनलाई कामकाजी बनाउन पर्छ । केन्द्रीय कमिटी दुई अंक र प्रदेश कमिटी ५१ र मातहतका कमिटी त्यसै गरि निर्माण हुनुपर्नेमा जाेड छ ।
तपाईको प्रतिक्रिया