अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई- जनगुनासो र समृद्धिको मार्गचित्र( फोटो फिचर सहित )
- Pokhara Express
- २०८२ श्रावाण ३ शुक्रबार

पोखरा एक्सप्रेस ,पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिक अवधिमा सम्पन्न योजना, सेवा प्रवाह र विकासका कार्यक्रमबारे सार्वजनिक सुनुवाई गरेको छ। कार्यक्रममा पालिकावासीले खुलेर गुनासो र सुझाव राखे भने पालिकाले सुनुवाइमा उठेका कतिपय विषयहरुमा काम सुरु भइसकेको र जनगुनासोलाई भावी नीति निर्माणको आधार बनाउने प्रस्ट पारेको छ।
विभिन्न वडाबाट आएका स्थानीयले सिमेन्ट थन्किएको, चिकित्सकको अभाव, बजेटको उपयोग, पूर्वाधार निर्माण, लक्षित वर्गका योजना, सार्वजनिक जग्गाको उपयोग नभएको, पारदर्शिता र मापदण्डको कमीजस्ता गुनासोहरू राखे। यस्ता गुनासोलाई पालिकाले गम्भीरतासाथ लिएको र समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले स्रोत र कानुनी सीमाभित्र रहेर काम भइरहेको बताए। उनले भवन निर्माणका लागि चाँडै शिलान्यास गरिने जानकारी दिए। अध्यक्ष के.सीले साना व्यवसाय प्रवद्र्धन ९ःभ्म्एब्० र सुरक्षित आप्रवासन ९क्बःष्० कार्यक्रमबाट रोजगारी र सामाजिक सुरक्षामा सहयोग भईरहेको स्पष्ट पारे । उनले सामुदायिक विद्यालय सुधारमा पालिकाको सक्रियता बढिरहेको समेत बताए ।
उपाध्यक्ष चन्द्रकला अधिकारीले महिला, बालबालिका, जेष्ठ नागरिक र गरिब वर्गका लागि नयाँ योजना ल्याइने बताइन्। उनले नागरिक गुनासो सुन्ने मात्र नभई गुनासाहरुको व्यवहारिक समाधान गर्ने प्रतिबद्धता जनाईन् ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार ः अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नारासहितको तेस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा ११ वटै वडाका कामहरू प्रस्तुत गरिएको थियो । जसअनुसार पालिकाले आ.व २०८१÷२०८२ मा १ करोड ८८ लाख ७ सय ८५ रुपैयाँ राजश्व संकलन गरेको छ । सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र प्राविधिक शाखाबाट आर्थिक वर्ष २०८१÷८२ मा उल्लेखनीय कामहरू सम्पन्न भएका छन्। वृद्ध नागरिकदेखि दलित बालबालिकासम्मका लागि सामाजिक सुरक्षाको व्यवस्था गरिँदा, प्राविधिक योजनामार्फत आधारभूत पूर्वाधार विकासमा पनि जोड दिइएको छ।
प्राविधिक शाखाको तर्फबाट २०८१÷८२ मा ८ वटा योजना टेन्डर भएकोमा ७ वटा योजना सम्पन्न भएका छन् भने एउटा योजनाको म्याद थप भएको छ । यस्तै कृषि र स्वास्थ्य क्षेत्रमा चुनौतीका विच पनि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
स्थानीय डण्डपानी भण्डारीले वडा कार्यालय अगाडी लामो समयदेखि थन्किएका सिमेन्टका बोराहरूको विषय उठाउँदै विकास योजनामा ढिलासुस्ती र जनप्रतिनिधिको उपस्थिति अभावप्रति असन्तुष्टि व्यक्त गरे। मुना भण्डारीले सार्वजनिक जग्गाको सदुपयोग नभएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिईन् । कार्यक्रममा स्थानीयहरु मनहरी भण्डारी, जोमाया देवकोटा, ऋषिराम भण्डारी लगायतले गुनासा तथा सुझावहरु राखेका थिए ।
माछापुच्छ्रे माविका व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारीले सामुदायिक विद्यालय सुधारमा पालिका, शिक्षक, अभिभावक र समुदायको भूमिकाको महत्त्वबारे धारणा राखेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार सागर ढकालले प्रस्तुत गरेको सेवाग्राही सन्तुष्टि सर्वेक्षणमा पालिकाको सेवा प्रवाहप्रति स्थानीय सामान्यतः सन्तुष्ट देखिएका छन्। उनले अधिकांश सेवाग्राहीले कर्मचारीको व्यवहार सकारात्मक भएको बताएपनि केही सेवामा थप सुधार आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा टिपोटकर्ता श्रीभद्र पौडेलले सार्वजनिक सुनुवाइले सुशासन र पारदर्शिता प्रवद्र्धनमा सहयोग पु¥याउने धारणा राख्दै जनप्रतिनिधिले जनभावनाअनुसार जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए।
स्थानीय संवाद, सुझाव तथा प्रश्नहरूलाई प्राथमिकतामा राख्दै बुधबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–२ नं. वडा अध्यक्ष पिताम्बर भण्डारीले स्वागत र पत्रकार इन्द्रप्रसाद पौडेलले कार्यक्रमको सञ्चालन गरे थिए ।
तपाईको प्रतिक्रिया