२२ असार, पोखरा।
नेपाल उद्योग तथा ब्यबसायी महासंघ मादी गाउँ कमिटिको प्रथम भेलाले राजु अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ कमिटी सर्वसम्मत चयन गरेको छ । नवगठित समितिको उपाध्यक्ष निर्मला सुवेदी ,सचिब आनन्द सापकोटा,कोषाध्यक्ष गोमा गुरुङ, उप– सचिब पदम बहादुर गुरुङ चयन भएका छन् । यसैगरी सदस्यहरूमा गोकर्ण सापकोटा,तारा बहादुर गुरुङ, यज्ञ प्रसाद गुरुङ,लक्षमण रानाभाट,रहेका छन् ।

सो भेलाको महासंघ गण्डकी प्रदेश कमिटी अध्यक्ष बोबर जङ्ग गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य चिरञ्जीवी पोख्रेल, गण्डकी प्रदेश कमिटिका सचिब यामनाथ पौडेल,कोषाध्यक्ष पार्वती पाण्डे,उपसचिव शुसिला सिग्देल, एमाले जिल्ला कमिटी सदस्य बालकृष्ण गुरुङ लगायतले नवगठित समितिलाई शुभकामना ब्यक्त गरे। भेला नेपाल उद्योग तथा ब्यबसायी महासंघ कास्कीका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षता र कास्की सचिब धर्ममान सिह भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया