१३ असार ,पोखरा ।
पोखराको पुम्दी भुम्दीमा टिप्परले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–४ सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्रीको शुक्रबार दिउँसो दुर्घटनापछि उपचारकै क्रममा ज्यान गएको हो ।
कास्की प्रहरीका अनुसार, पोखरा २२ स्थित बगालटारीमा ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरमा सवार क्षेत्री गम्भीर घाइते भएपछि प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुर्याएका थिए । तर, उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना दिउँसो करिब १२ः३० बजे भएको थियो । टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले जानकारी दिइन् । दुर्घटनापछि केहीबेर सडकमा यातायात सेवा अबरुद्ध भएको थियो ।
तपाईको प्रतिक्रिया