२२ जेठ ,पोखरा ।
पोखरा । १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पोखरा महानगरपालिका च्याम्पियन बनेको छ ।
प्रदेश खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत बुधबार पोखरा रंगशालामा भएको विभिन्न खेलकुदका इभेन्टमा २३ स्वर्णसहित सर्वाधिक पदक जितेको पोखरा महानगर च्याम्पियन बनेको हो ।
कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाका अनुसार पोखराले एथलेटिक्स मात्रै १९ स्वर्ण जित्न सफल भएको थियो । यस्तै, भलिबल र कबड्डीमा २–२ स्वर्ण जितेको हो । पोखराले ६ रजत र ४ कास्यसहित कुल ३३ पदक जितेको हो ।
यस्तै, माछापुच्छे« गाउँपालिका २ स्वर्ण, ११ रजत र ६ कास्य गरी कुल १९ पदकसहित दोस्रो स्थानमा आउन सक्यो । उसले एथलेटिक्समा २ स्वर्ण पदक जितेको हो ।
अन्नपूर्ण गाउँपालिका तेस्रो भयो । अन्नपूर्णले एथलेटिक्समा १ स्वर्ण जितेको हो । यस्तै उसले २ रजत र ५ कास्य हात पार्यो ।
रुपा र मादी क्रमशः चौथो र पाँचौं भए । रुपाले ४ रजत र ६ कास्य जित्दा मादीले २ रजत र १ कास्यमा चित्त बुझायो ।
प्रतियोगिताका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरेका हुन् । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको प्रतियोगितामा बुधबार कबड्डी, भलिबल र एथलेटिक्सका खेल भएका हुन् ।
यसअघि, उसु, तेक्वान्दो, कराँतेका खेलबाट महानगरपालिका खेलकुद विकास समितिले खेलाडी चयन गरिसकेको छ ।
यही २६ र २७ जेठमा गोरखामा राष्ट्रपति रनिङ शिल्ड प्रदशस्तरीय छनोट प्रतियोगिता हुँदैछ । केन्द्रको प्रतियोगिता भने यही २८ देखि ३० जेठसम्म काठमाडौंमा हुनेछ ।
तपाईको प्रतिक्रिया