१७ बैशाख,पोखरा ।
पछिल्लो दिनमा सय जन्मदिन तड्कभड्क भन्दा सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गरेर मनाउने प्रचलन बढेको छ ।
स्वदेशमा होस वा विदेशमा रहेका नेपालीले आप्mनो परिवारका सदस्यको जन्मदिनका अवसरमा फजुल खर्च कटाएर असहाय एवम् विपन्न आश्रित संस्थालाई सहयोग गर्ने भावना बढेको हो ।
ः पोखरा महानगरपालिका वडा नं. १५ स्थायी घर भई रोजगारीका सिलसिलामा हङकङमा रहनु भएका इन्द्रबहादुर र सुमिता थापामगरले आप्mनो छोरी आरुमा थापामगरको जन्मदिनको अवसर पारेर पोखरा बृद्धाश्रमलाई १८ हजार नगद आर्थिक सहयोग गर्नुभएको छ ।
पोखरा बृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच आरुमा थापालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नेपाल मगर संघ गलेश्वर इकाईका अध्यक्ष मिना रानामगरले वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।
समाजका विपन्न, असहाय एवम् परिवारबाट अपहेलित जेष्ठनागरिकलाई गास, वास र कपासको व्यवस्था गर्दै उनीहरुको जिवनको बुढेस कालको लौरो वनेको आश्रममा हाले जेष्ठनागरिक र सेवक सेविका गरि कूल ५६ जना रहेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
आश्रम विभिन्न संघसंस्था तथा व्यक्तिको आर्थिक सहयोगबाट सञ्चालन हुदै आएको बताउँदै उहाँले भन्नुभयो स्थापनादेखि हालसम्म त आँट म पु¥याउँछु भन्ने युक्ति पूर्णरुपले लागु भएको छ । खानेकुरा भन्दा पनि बाबाआमालाई औषधि उपचारमा बढी खर्च हुने गरेको उहाँको भनाई छ ।
तपाईको प्रतिक्रिया