३ चैत,पोखरा
नेकपा एमाले वडा कमिटी पोखरा १७ ले आजदेखि संङगठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान सञ्चालन गरेको छ ।
एमालेका नेता तथा कार्यकर्ता एवम् जनप्रतिनिधि सहित जनताको घरघर पुगेर स्थानीय समस्या पहिचान गरि समाधानमा गर्दै पार्टीलाई जनतासंग जोड्ने अभियानमा जुटेका हुन ।
पार्टी जनसंगठन तथा नयाँ पार्टी सदस्यता विस्तार र नविकरण गर्दै वडा तहमा पार्टीको उपस्थितिलाई मजवुद बनाउने उदेश्यका साथ अभियानमा जुटेको एमाले १७ का वडा अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार कास्की जिल्ला कमिटीको सर्कुलर अनुसार काउसेघारीस्थित हरियाली टोल कमिटीबाट शुरु गरिएको अभियान चैतको ११ गते विरौटा केन्द्रटोल कमिटीमा पुगेर समापन हुनेछ । वडामा कूल १६ वटा टोल कमिटी रहेका छन् ।
अभियानका क्रममा पार्टी नेता तथा कार्यकर्ताको एक टोलीले काउसेघारीस्थित पक्षघात भई लामो समयदेखि विरामी हुनु भएका अग्रज नेता चम्पासिंह गुरुङको घरमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।
सो अवसरमा गिता गुरुङको अध्यक्षतामा २९ सदस्यीय नेकपा एमाले हरियोली टोल कमिटी काउसेघारी गठन गरिएको छ ।
नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले नवगठित टोल कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै यस क्षेत्रको विकास निर्माणमा पार्टी जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टी वडाअध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवम् वडा इञ्चार्ज सुभाष ढुङगाना, जनप्रतिनिधि विष्णुमाया भुजेल,स्थानीय सन्तोष गुरुङ, होम वहादुर कुँवर र वडा सचिव उत्तम सिग्देल टोल कमिटी अध्यक्ष गिता गुरुङ लगायतले स्थानीय समस्या ,पार्टीको विचार सिद्धान्त र अभियानको उदेश्यवारे जानकारी गराउँनु भएको थियो ।
तपाईको प्रतिक्रिया