२४ फागुन ,पोखरा
गण्डकी प्रदेशकै एक मात्र आई.बी. प्रस्तावित विद्यालय फिस्टेल एकेडेमी माध्यमिक विद्यालय, पोखरा
– १७, कास्कीलेशनिबार ‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न गरेको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद भण्डारीले कार्यक्रमको
उद्घाटन गर्दै विद्यालयको शैक्षिक, भौतिक लगायत विविध पक्षको अवलोकन गरेका थिए । गुणस्तरीय शिक्षाका क्षेत्रमा विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै सहसचिव भण्डारीले विद्यालयको थप प्रगतिको
कामना गरे ।

यस्तैशिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख उपसचिव लोकनाथ आचार्यले
शिक्षाको विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको विचार व्यक्त गरे । कार्यक्रममा विद्यालयका गतिविधि, यसलेअवलम्बन गरेको शिक्षण पद्धति र अन्य विविध पक्षका बारेमा अभिभावक
तथा सरोकारवालाहरूले जानकारी लिएका थिए ।

कार्यक्रममा विद्यार्थी तथा विभिन्न लोकप्रिय ब्यान्डहरूले साङ्गीतिक प्रस्तुति राखेका थिए । कार्यक्रम
स्थलमा फुड स्टल, पुस्तक प्रदर्शनी, क्त्भ्ः प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि सञ्चालन गरिएको थियो ।
विद्यालयको वर्तमान अवस्थाका बारेमा जानकारी दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनु रानाभाटले विद्यालयले विविध क्षेत्रमा सकारात्मक फड्को मारिरहेको बताए । उनले भने, ‘‘गुणस्तरीय
शिक्षा लिनकै लागि पोखरा छोड्नुपर्ने अवस्थालाई अन्त्य गर्न फिस्टेल एकेडेमीको स्थापना भएकोहो।

र सोही लक्ष्यलाई पूरा गर्न विद्यालय लागेको छ ।’’
विद्यालयका सहायक प्रधानाध्यापक कमल लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा
विद्यार्थीहरूलेप्यानल डिस्कससमेत गरेका थिए। भने कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय रिजा श्रेष्ठ र साइरिन गुरुङले गरेका थिए।

तपाईको प्रतिक्रिया