पोखराका विश्वराज वास्तोलालाई सिआईसिए इन्टरनेसनल युनिभर्सिटीले मानार्थ डाक्टरको उपाधि प्रदान
- Pokhara Express
- २०८१ फागुन २२ बिहीबार

न्युयोर्क (अमेरिका) करिब डेढ दशकदेखि अमेरिकामा बसेर नेपाली समुदायमा आफ्नो विशेष पहिचान बनाउन सफल पोखराका विश्वराज वास्तोलालाई सिआईसिए इन्टरनेसनल युनिभर्सिटीले मानार्थ डाक्टरको उपाधि प्रदान गरेको छ । शैक्षिक, सामाजिक तथा मानवअधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई दिइने यो सम्मान यस वर्ष वास्तोलाले प्राप्त गर्नुभएको हो ।
वास्तोलाले मानव सेवामा दर्शनशास्त्र (Phd\ in Phliosophy of Human Services)विषयमा मानार्थ डाक्टरको उपाधि पाउनु भएको हो । शिक्षा र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएका बास्तोला नेपालमा विभिन्न विद्यालयहरूमा शिक्षक तथा प्रधानाध्यापकका रूपमा सेवा गर्नुका साथै, नेपाल सरकारको विशेष शिक्षा परिषदमा विशेषज्ञका रूपमा समेत काम गर्नुभएको छ ।
वास्तोलाले कास्कीको अम्बिका मावि र सिर्जना वहिरा आवासीय उच्च माविमा प्रधानाध्यापकका रूपमा कुशल नेतृत्व दिनुभएको थियो ।
समाजसेवामा विशेष रुचि राखेर निरन्तर सक्रिय रहन मन पराउने बास्तोलाले नेपालमा पनि स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न पुरस्कारहरू प्राप्त गर्नु भएको छ । सन् २०१० मा अमेरिका जानुभएका बाँस्तोला हाल न्यूयोर्कको लङ आइल्याण्डमा बस्दै आउनुभएको छ ।
अमेरिकामा रहँदा उहाँले नेपाली जनसम्पर्क समिति, सिसिएनयस, अन्तर्राष्ट्रिय कास्की समाज, हेमजा समाज, वहिरा समाज, एनआरएन लगायत विभिन्न संस्थामा सक्रिय भई नेपाली समुदायको सेवामा योगदान पुर्याउँदै आउनु भएको छ । उहाँको योगदानको कदर गर्दै वेस्टर वे नगरले सेप्टेम्बर ६ लाई “विश्वराज बाँस्तोला दिवस“ घोषणा गर्दै उहाँलाई “प्रभावशाली व्यवस्थापक” तथा “मानवअधिकार रक्षक“ उपाधिसहित सम्मानित गरेको थियो।
न्यूयोर्कको नासाउ काउन्टीले उहाँलाई नगरको गर्विलो सामाजिक नेता (proud Community leader of the county) भनेर समेत सम्मान गरेको छ ।
नेपाली पहिचान र संस्कृतिको प्रवद्र्धन गर्दै उहाँले गत वर्ष सेप्टेम्बर २३ मा लङ आइल्याण्डको हेम्पस्टेड नगरमा नेपालको झण्डा फहराउने कार्यक्रमको संयोजन गर्नुभएका बास्तोलाले उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य तथा प्रवक्ता मोति तिमिल्सिना समेत सहभागी हुनुभएको थियो ।
सम्मानपछि वास्तोलाले शिक्षा र समाजसेवामा अझ व्यापक योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “यो सम्मान व्यक्तिगत मात्र होइन, प्रवासमा रहेका सम्पूर्ण नेपाली समुदायको योगदानको कदर हो। आगामी दिनमा पनि शिक्षा, समाजसेवा, तथा नेपाली पहिचान प्रवद्र्धनका लागि निरन्तर क्रियाशील रहनेछु।”बास्तोलाले भन्नुभयो ।
तपाईको प्रतिक्रिया