तमु धिं नेपाल केन्द्रिय आमा समितिको अध्ययन अवलोकन भ्रमण सम्पन्न
- Pokhara Express
- २०८१ फागुन १९ सोमबार

गत विहिबार र शुक्रबार दुइ दिने उक्त भ्रमणमा तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्रादेवी गुरुङको नेतृत्वमा १९ जनाको सहभागिता रहेको थियो । सो समुहले लमजुङ जिल्लाको क्होलासोथर गाउँपालिकाका ४ गाउँका गुरुङ्सेनी दिदीबहिनीहरु संग अन्तरक्रिया गरी तमु धिं नेपाल केन्द्रिय आमा समितिले गाउँ मै वसेर केहि आय आर्जनका काम गर्न इच्छुक आमाहरुको लागि के गर्दा उचित हुन्छ भनेर अध्ययन अवलोकन तथा अन्तरक्रिया हरेक वर्ष गरिदै आएको अध्यक्ष पवित्रादेवी गुरुङले वताईन् ।
सिङदी गाउँमा भएको अन्तरक्रियामा कार्यक्रममा क्व्होलासोथर वडा नं. ५ का वडा अध्यक्ष गीतबहादुर गुरुङ, सिङ्दी सामुहिक होमस्टे समितिका अध्यक्ष हुकुम बहादुर गुरुङ, सत्यसेवा युवा क्लबका अध्यक्ष देवबहादुर गुरुङ, मुक्ति प्रसाद गुरुङ, हिमाल ज्योति आमा समुहकी उपाध्यक्ष मनिषा गुरुङलगाएतले स्थानिय गुरुङ परम्परा रिति तिथि, पशुपालन, कृषि उत्पादन लगाएतको वारेमा जानकारी दिएका थिए ।
त्यसै गरी क्होलासोथर–६, पसगाउँमा भएको अन्तरक्रियामा अन्नपूर्ण संरक्षण कोष व्यवस्थापन समिति ५ र ६ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, पसगाउँ ठाँटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बहादुर गुरुङ, दुधपोखरी युवाक्लबका अध्यक्ष नौ बहादुर गुरुङ, शन्तिदिप आमा समुहकी अध्यक्ष युगदेवी गुरुङले पसगाउँको इतिहास, भौगोलिक अवस्था, गुरुङजातीको मौलिक भेषभुषा तथा रितिरिवाजहरुको वारेमा वताएका थिए ।
लमजुङ जिल्ला पर्यटीय भुजुङ गाउँमा पुगेर तमु धिं नेपाल केन्द्रिय आमा समिति र स्थानिय संघसंस्थाहरु विच भएको अन्तरक्रिया कार्यक्रममा तमु प्ल्हुँसंघका अध्यष वृज बहादुर गुरुङ, एम्पो विकास आमा समुहकी अध्यक्ष आसकुमारी गुरुङ, भुजुङ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङ, पुर्व वडा अध्यक्ष खिमबहादुर गुरुङ, लाली गुँरास युवा क्लबका अध्यक्ष नौराज गुरुङलगायतले गाउँको इतिहास ७०० वर्ष पुरानो रहेको, गाउँको जनसंख्यामा कुनै कमि नआएको, गुरुङ सस्कृतिलाई पुस्तान्तरण गर्दै आएको, कृषि तथा पशुपालनमा आत्मनिर्भर रहेको वताएका थिए ।
त्यस्तै घलेगाउँमा आयोजित अन्तरक्रिया कार्यक्रममा हिमाली आमा समुहकी सहसचिव यमुना घले, घले गाउँ संचालन समितिका अध्यक्ष हर्क बहादुर गुरुङ, कन्या ज्योति युवा क्लबका अध्यक्ष ओम प्रसाद गुरुङलगायतले घले गाउँको प्रकृति मौसम अनुसार फेरिने वताउँदै घाटु, कृष्ण चरित्र लगाएतका पुर्वजको नासो आगामि पुस्तालाई पनि हस्तान्तरण गर्दै आएको वताए ।
तमु धिं नेपाल केन्द्रिय आमा समितिले गुरुङहरुको थातथलोको अवलोकन भ्रमण तथा अध्ययन अनुसन्धानको क्रमलाई विगतमा कास्की जिल्लामा गरिएकोमा यस वर्ष लमजुङ जिल्लाका गाउँहरुमा कार्यक्रम गरिएको महासचिव बालकुमारी गुरुङले वताइन् ।
भ्रमण टोलिमा केन्द्रिय आमा समितिका पदाधिकारीहरु, सदस्यहरु, फुलबारी तमु समाज, सिद्धार्थ तमु समाज, दरबारथोक मिडियाका अध्यक्ष कृष्ण रानाभाट समेतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया