७ फागुन,पोखरा।
नेपाली काँग्रेस कास्कीमा विभिन्न पाँच वटा शाखा विस्तार गरिएको छ ।
कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले काँग्रेसको विद्यान एवं नियमावली अनुसार शाखा विस्तार गर्नुभएको हो ।
यसअघि गठन गरिएका शाखाहरु जिल्ला कार्यसमितिको बैठकले विघटन गरेपछि पाँच वटा शाखा विस्तार गरिएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
विस्तारित शाखाहरुमा बाबुराम गिरीको संयोजकत्वमा उद्योग वाणिज्य समन्वय शाखा, विकास थापाको संयोजकत्वमा भातृ संस्था समन्वय शाखा, सुरेन्द्र अधिकारीको संयोजकत्वमा शुभेच्छुक संस्था समन्वय शाखा, धनमाया गुरुङको संयोजकत्वमा जनप्रतिनिधि समन्वय शाखा र अर्पण कोइरालाको संयोजकत्वमा अपाङग समन्वय शाखा रहेका छन् । अन्य शाखाहरु पनि क्रमिक रुपमा थप गर्दै लगिने छ ।
तपाईको प्रतिक्रिया