२० माघ ,पोखरा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/०८२ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा (दोस्रो त्रैमासिक प्रगति समीक्षा) आइतबार सम्पन्न भयो।
बैठकमा मन्त्रालय र अन्तर्गतका निकायहरुको भौतिक तथा वित्तिय प्रगति, मन्त्रालयबाट दोस्रो त्रैमासिक अवधिमा सम्पादित प्रमुख कार्यहरु, माइस्टोनमा उल्लेख भएका विषयहरुको कार्यान्वयन अवस्था, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजबीच भएका कार्यसम्पादन सम्झौताका विषयहरुको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो
उक्त बैठकमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोले शिक्षामा लगानी गर्न सरकारका सबै सम्यन्त्र तयार रहनुपर्ने, शिक्षकलाई मेन्टरको रुपमा विकास गर्नुपर्ने र संस्थागत विद्यालयमा समेत सुशासनको पक्षलाई ध्यानदिनुपर्नेमा जोड दिनुभयो।
उक्त बैठकमा मन्त्रालयका सचिवद्वय (शिक्षा तथा विज्ञान प्रविधि),अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरु, महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो। बैठकले संघ, प्रदेश र स्थानीय साझेदारीमा शिक्षा कोषको स्थापना गर्ने र CLPIU को कार्यक्षेत्र विस्तार गर्ने विषयलाई राष्ट्रियस्तरीय विकास समस्या समाधान समितिमा लैजाने विषय प्रस्ताव गरेको छ ।
बैठक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई को अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया