विकास र वातावरणलाई सन्तुलन गर्न स्थानीय तहसँग समन्वय गोष्ठी
- Pokhara Express
- २०८१ माघ १० बिहीबार

पोखरा १० माघ
वातावरण संरक्षण र विकास योजनाहरूलाई सन्तुलित बनाउन सबै तहका सरोकारवाला निकायबीच सहकार्य र जिम्मेवारी बाँडफाँड आवश्यक रहेको वक्ताहरुले बताएका छन् ।
जिल्ला वन कार्यलय कास्कीको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा आयोजित विकास र वातावरणको सन्तुलनका लागि स्थानीय तहसँग समन्वय गोष्ठीमा सरोकारवाला वक्ताहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सामुदायिक वन उपभोक्ता समूहहरूको सक्रियता र सहकार्यद्वारा मात्र वातावरणीय समस्याहरूको समाधान गर्न सकिने धारणा राखे । उनले वातावरण जोगाउने दायित्व सबैको साझा भएको बताए । उनले भने, “व्यक्तिको सानो लापर्वाहीले समेत ठुलो विनाश निम्त्याउने भएकाले सरोकारवाल सबै संवेदनशील हुनुपर्छ,” उनले वातावरण संरक्षणमा समुदायको भूमिका अझ सशक्त बनाउन सुझाव दिँदै प्रशासनले यसका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएकार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले वातावरणीय सन्तुलन र दिगो विकासको मर्मलाई आत्मसात् गर्दै समन्वयात्मक नीति लागू गर्न स्थानीय तहहरूको भूमिका अपरिहार्य रहेको बताए । उनले सामुदायिक बन उपभोक्ता समिति लगायत सरोकारवाले डढेलो नियन्त्रण अभियान स्थानीय स्तरबाट संचलन गर्नुपर्नेमा जोड दिए ।
कास्कीका वन अधिकृत कोमलराज काफ्लेले विषयबस्तु माथि प्रस्तुती राख्दै वन र प्रकृतिसँग सम्बन्धित कानुनको पालना अनिवार्य रहेको भन्दै यसको उल्लङ्घन गर्ने व्यक्तिहरूले गरेको हेलचक्राइले वन विनाश र वातावरणीय असन्तुलन निम्त्याएको बताए । उनले वातावरण संरक्षण ऐन, २०७६ र वन ऐन, २०७६ का प्रावधानहरूबारे जानकारी गराउदै स्वच्छ वातावरणमा बाँच्न पाउने हक, प्रदूषकद्वारा क्षतिपूर्ति, र वातावरणीय सन्तुलन कायम गर्न कानुनको पालना आवश्यक रहेको बताए । निजी वन व्यवस्थापन, सामुदायिक वनको आय व्यवस्थापन, र स्थानीय तहको भूमिकाबारे प्रकाश पार्दै उनले वन अतिक्रमण नियन्त्रण र जोखिमयुक्त रुख हटाउन सहकार्यको खाँचो औंल्याए । उनले वातावरणीय चुनौती समाधानमा सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय अधिकारी नवराज वरालले जिल्लामा यस बर्ष बन मा आगलागी हुन नदिन र कसैले आगो लगाए, लगाउने र सो गर्न उस्काउने व्यक्तीलाई कानुनी दायारामा ल्याएर दण्ड जरिवाना गराउनु पर्ने बताए । उनले यसकार्यमा सरोकारवालाले सहयोग गर्ने पुर्ण प्रतिबद्धता सहित साझा प्रतिबद्धता पत्र मा हस्ताक्षर गरी जिल्ला वन कार्यलय र एक प्रती जिल्ला समन्वय समितिमा समेत बुझाइने बताए
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूले वन र वातावरण संरक्षणको महत्व र यसले समुदायमा पारेको सकारात्मक प्रभावबारे छलफल गरी वन संरक्षणले सिर्जना गर्ने दिगो फाइदाका लागि सामुदायिक सक्रियता आवश्यक रहेकोमा जोड दिएका थिए । गोष्ठीमा वन तथा वातावरण क्षेत्रका सरोकार वालाहरु उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया