२७ पुष ,पोखरा
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले पछिल्लो समय आधुनिक उपचार बिधि सङ्गै आयुर्बेदिक उपचार पद्द्तिको ठुलो माग हुदै आएको र आयुर्बेदिक उपचारले जनतामा बिश्वसोनियता बढाउदै आएकोले आफुले पनि आयुर्बेदिक उपचार सेवालाइ उच्च प्राथमिकता मा राखेर काम गर्ने बताउनु भएको छ ।
गण्डकी आयुर्बेद अस्पतालले शनिबार पोखरा महानगरपालिका वडा न २८ मा आयोजना गरिएको १ दिने निशुल्क आयुर्बेद स्वास्थ्य शिबिरलाइ उदघाटन गर्दै गण्डकी प्रदेश सरकारको आगामि निति तथा कार्यक्रममा आयुर्बेद स्वास्थ्यलाइ आबश्यता अनुसारको बजेट बिनियोजन गरि थप प्रभावकारी बनाउन आफु पुर्ण रुपले प्रतिबद्द रहेको बताउनुभयो । आयुर्वेद उपचारले प्राकृतिक उपचारको माध्यमबाट शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलन राख्ने , शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र जीवनशैली सुधार गर्न मद्द्त पुर्याउने , शरीर र मनलाई सन्तुलित राख्नका लागि जडिबुटी र प्राकृतिक चिकित्सा विधिहरू प्रयोग गर्ने , जसले शरीरमा कुनै प्रकारको नकारात्मक असर नगरी उपचार गर्ने भएकाले यसको महत्व बढदै गएको मन्त्री पाठकले उल्लेख गर्नुभयो । मन्त्री पाठकले आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारि पाए सङ्गै समग्र स्वास्थ्य क्षेत्रको अध्ययन गर्ने शिलशिलामा मेडिकल साइन्सलाइ थप सहयोग पुर्याउन आयुर्बेद स्वास्थ्यले व्यक्तिगत आवश्यकता अनुसार , रोगको जड़मा स्वास्थ्यको दीर्घकालीन निदान , मानसिक र भावनात्मक सन्तुलन गर्ने गरि उपचार गरेको पाएकाले आगामि दिनमा मेडिकल साइन्स सङ्गै आयुर्बेद र प्राकृतिक चिकित्सा प्रणाली लाइ समेत अगाडी बढाउन आफु लागेको बताउनुभयो ।
![](https://pokharaexpress.com/wp-content/uploads/2025/01/IMG-20250111-WA0004-300x225.jpg)
जिल्ला नागरिक आरोग्य समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आयुर्वेदको महत्व र आबश्यकता बुझाउन जनस्तरमा चेतना बढाउन आबश्यक भएको उल्लेख गर्नुभयो।
प्रमुख पौडेलले आबश्यकता आधारमा मात्रै स्वास्थ्य संस्थामा पुग्ने बानीले रोगको सहि पहिचान र निदान नहुने भन्दै उपचारात्मक सहित रक्षात्मक उपचारमा आयुर्वेद परापूर्बकालदेखी नै प्रभाबकारी रहेको बताउनु भयो।
तपाईको प्रतिक्रिया