२५ पुस,पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ ।
कार्यक्रमको आज विद्यालयमा आयोजित विशेष समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुुभयो ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताउँदै विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी लाग्ने विश्वास व्यक्त गर्नुुभयो ।
सरकारले विद्यालय शिक्षालाई निशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले अब आउने नयाँ शिक्षा ऐनबाट विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुुभयो ।
पोखरामा पूर्वाधार विकास लगायतका क्षेत्रमा ठूलो लगानीमा विभिन्न परियोजनाहरू अघि बढेको उल्लेख गर्दै उहाँले यी सम्पन्न भएसँगै महानगरवासीले अनुुभूति हुने गरी परिणाम प्राप्त हुने बताउनुुभयो ।
गोगन माध्यमिक विद्यालयका अध्यक्ष एवम् कार्यक्रमका सभापति मेघराज पौडेलले विभिन्न आरोह अवरोहका साथ विद्यालय बर्तमान अवस्थासम्म आइपुुगेको बताउँदै विद्यालयले शैक्षिक गुणस्तरीयतालाई निरन्तर रुपमा जोड दिदै आइएको बताउनुुभयो ।
विद्यालयमा राज्यका १६ वटा मात्र दरबन्दी रहेकोमा हाल ७७ जना शिक्षकहरूबाट अध्यापन गराइएको उल्लेख गर्दै उहाँले सिमिति साधनस्रोतका बीच शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भैरहेको बताउनुुभयो ।
विद्यालयमा यस वर्षदेखि होटेल व्यवस्थापनका कक्षा पनि सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुुभयो ।
विद्यालयका प्रधानाध्यापक मोहनराज बरालले विद्यालयको भौतिक एवम् शैक्षिक प्रतिवेदनबारे जानकारी गराउनुुभएको थियो ।
कार्यक्रममा विभिन्न तह र विषयमा अध्यापनरत शिक्षकहरू अर्जुनप्रसाद बास्तोला, कालीप्रसाद भुर्तेल, प्रकाश खड्का, रामहरि बराल, लिलमाया गुरुङ, सुनिता गुरुङ, सुरेन्द्र लामिछानेलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा कर दिवसका अवसरमा राष्ट्रियस्तरमा आयोजित खुल्ला प्रतियोगितामा प्रथम हुने छात्रा दिप्ती थापा, विभिन्न कक्षामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको सभापतित्व एवम् शिक्षकद्वय गीता थापा र विनोद भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रमको धन्यवाद सहित समापन शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङले गर्नुुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड पोखरा कार्यालयका प्रमुख गोविन्दराज पोख्रेल, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत बद्रीनाथ सुवेदी, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष किसान परियार, विद्यार्थी दीपिन सुवेदी लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न उत्कृष्ट सांस्कृतिक प्रस्तुतीहरू प्रदर्शन गरेका थिए ।
तपाईको प्रतिक्रिया