१९ पुष,पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१ सिद्धनाथ टोलबाट २ जना लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थान बस्दै आएका वर्ष ३७ का निसद बाबु श्रेष्ठ र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं १० स्थायी ठेगाना भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.८ नयाँबजार बस्ने वर्ष ३२ का दीपक वि.क. रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
निजहरूको घरकोठा खानतलासी गर्दा लागू औषध खैरो हिरोईन ९ ब्राउन सूगर जस्तो देखिने पदार्थ ४९० ग्राम, लागू औषध डाईजापाम ३ एम्पुल, नाम उल्लेख नभएको सादा एम्पुल २ गरि जम्मा ५ एम्पुल, डिजिटल तराजु १ थान र मोवाईल २ थान समेत बरामद भएको जनाइएको छ।
तपाईको प्रतिक्रिया