१९ पुष ,पोखरा
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको प्रगति समिक्षा कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ।
कार्यक्रमको मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना सम्बन्धि जिल्लास्तरिय समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।
पौडेलले पाँचौ राष्ट्रिय कार्ययोजना पूर्ण कार्यान्वयन बिना दिगो बिकासका कुनै पनि लक्ष्य पूरा गर्न कठिन हुने बताउनुभयो ।
पौडेलले संविधानले प्रत्याभूत गरेका नागरिकका मौलिक पूरा गर्न सबै तह प्राथमिकताका साथ लाग्न आग्रह गर्दै बिगतका चार ओटा र बर्तमान पाँचौ कार्ययोजनाहरूको बृहत समिक्षा सहित आगामी कार्ययोजना तय गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सह सचिब राजेन्द्र थापाले प्रगति समिक्षा सहित स्थानिय , जिल्ला र प्रदेश स्तरिय समितिका काम कर्तब्य र दायित्वका बारे प्रकाश पार्नुभएको थियो। थापाले कार्ययोजना कार्यान्वयनका सम्बन्धमा स्थानिय तह र जिल्ला समितिहरू थप जिम्मेवार बन्नुपर्ने भन्दै नेपालमा मानव अधिकारको अबस्था सन्दर्भमा भएका उपलब्धि र कामहरूको विवरण प्रस्तुत गर्नुभएको थियो।
थापाले द्वन्द्व पीडितहरूको परिपुरणको सन्दर्भमा प्रदेश र स्थानिय तहको भूमिका बिषयमा अबधारणापत्र समेत प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको प्रगति समिक्षा सहित आगामी छैटौं कार्ययोजना बारेमा छलफल गरिएको थियो।
गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिब केशब ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया