१४ पुष , पोखरा ।
पोखरा स्थित नेपालको चेन रेष्टुरेण्ट बाजेको सेकुवा रेष्टुरेण्टमा रिभाइभल ब्याण्डको लाइभ कन्र्सट हुने भएको छ । अंग्रेजी नयाँ बर्ष सन् २०२५ को पुर्व सन्ध्या डिसेम्बर ३१ तारिख अर्थात पौष १६ गते कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा पोखराको रिभाइभल व्याण्डले ३ घण्टा सांगितिक प्रस्तुती दिनेछन् । अतिथी गायकका रुपमा भुमी ढुंगानाको प्रस्तुती रहनेछ । रेष्टुराले हरेक बर्ष पर्व विशेषमा लाइभ कार्यक्रमहरु गर्दै आइरहेको छ ।
नयाँ बर्षमा रेष्टुराले आफ्ना ग्राहकहरुसंग खुसी एवम शुभकामना साट्नका लागि कार्यक्रम आयोजना गरिएको रेष्टुराका संचालक एकराज गिरीले बताए । कार्यक्रम पौष १६ गते साँझ ७ बजे शुरु हुनेछ । कार्यक्रममा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको सहकार्य रहेको छ ।
रिभाइभल पोखराको उदियमान सांगितिक समुह हो । जसमा गायिका स्वस्ती गुरुङ, रिदम तथा लिड गिटार शंकर गुरुङ, बेस गिटार सागर गुरुङ र ड्रममा सन्जु नेपाली सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया