११ पुष,काठमाडौँ ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ५ जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका-५ कक्रहवास्थित सडकमा रा.१ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार राजपुर गाउँपालिका-३ भैसहवा बस्ने ५० वर्षीय तुलाराम विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ, गल्कोट नगरपालिका-८ जोईढुङ्गास्थित सडकमा लु.३ च १८९१ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार नवलपरासी पूर्व कावासोती नगरपालिका-३ बस्ने ५१ वर्षीय सूर्य बहादुर भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गलकोटमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु, वाणगंगा नगरपालिका-१० मझौवास्थित सडकमा लु.३८ प ४१४१ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा चालक शुद्धोधन गाउँपालिका-४ बस्ने ३२ वर्षीय अक्रम हुसेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राम बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पर्सा, वीरगंज महानगरपालिका-२५ बहुअरीस्थित सडकमा हाल नम्बरको नखुलेको सवारी साधनले ना.२५ प ९०९१ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा सुवर्ण गाउँपालिका-२ कवही टोल बस्ने प्रमोद मिश्राको छोरा १६ वर्षीय राज मिश्राको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई हाल फरार रहेको सवारी साधनको खोजी गरिरहेको छ । खोटाङ, केपिलासगढी गाउँपालिका-३ राखी तापखोलास्थित सडकमा ना.१ ज ७१८१ नम्बरको सुमो बुधबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार सोही गाउँपालिका-१ बस्ने ७३ वर्षीय दुर्गा प्रसाद राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया