पोखरा, १० पुस
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन अल्पकालीन, मध्यकालीन, र दीर्घकालीन योजनाहरू सार्वजनिक गरेर काम गरेको बताउनुभएको छ । बागलुड समाजको २४औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले स्वास्थ्यको पहुँचमा पुर्याउने गरि कार्यक्रम ल्याएको बताउनुभएको हो । उहाँले योजनाहरूमा चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन, औषधिको गुणस्तर सुनिश्चितता, ट्रमा केयर सेन्टर स्थापनाजस्ता अल्पकालीन कार्यक्रमदेखि लमजुङ, स्याङ्जा, र दमौली अस्पतालको नयाँ भवन निर्माण तथा गण्डकी स्वास्थ्य प्रवद्र्धधन केन्द्र स्थापना गर्ने मध्यकालीन कार्यक्रम समेटिएका बताउनुभयो । साथै दीर्घकालीन योजनाहरू अन्तर्गत स्वास्थ्य बजेट १० प्रतिशत पु¥याउने, क्यान्सर, मुटु र मिर्गौलाका रोगका लागि विशिष्टीकृत अस्पताल स्थापना गर्ने, र एयर एम्बुलेन्सको व्यवस्था गर्ने योजना रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै मन्त्री पाठकले सहकार्य समन्वय र भाइचारको नमुनाको रुपमा बागलुङ समाज र सहकारी रहेको उल्लेख गर्दै अझ उदाहरणीय कार्यका लागि शुभकामना दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्माले समाजले समुदायको एकता र समृद्धिका लागि खेलेको भूमिका उदाहरणीय रहेको भन्दै समाज र सञ्चार माध्यमबीच सहकार्यको खाँचो औंल्याउनुभयो । समाजका पूर्वअध्यक्ष एवम सल्लाहकार कुलचन्द्र शर्माले बागलुङ समाजको हितका लागि एकता, आपसी सहयोग, र साझा प्रयासको खाँचो औल्याउँदै समाजलाई बलियो बनाउन सबै सदस्यको योगदान अपरिहार्य रहेको बताउनुभयो । सहकारी पनि यसैको उपज भएको उहाँको भनाइ थियो ।
समाजका अध्यक्ष ठाकुर प्रसाद सापकोटाले सदस्यहरुबीच जमघट छलफल र आत्मियताबाट मात्रै सिर्जनशिल र नविनतम सोचको विकास हुने भएकाले वनभोज, साधारण सभालाई सबैले अपनत्व लिएर उपस्थित हुनुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा एसइइमा उत्कृष्ट अंकल्याउने रोहन रेग्मी र अनुसा केसीलाइ समाजद्धारा संचालित स्व. प्रेमप्रसाद सापकोटा स्मृति पुरस्कार २०८१ प्रदान गरिएको थियो ।
कार्यक्रममा बागलुङ चत तथा ऋण सहकारीका सचिव महेन्द्र ढकाल, समाजका उपाध्यक्ष नरेश सुवेदी सचिव गंगा पुनलगायतले संस्थागत भनाइ र आगामी कार्ययोजनाको बारेमा धारणा राख्नुभएको थियो ।
तपाईको प्रतिक्रिया