९ पुष ,पोखरा ।
नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका वडा ७ को दोस्रो अधिवेशनबाट विष्णु चापागाईंको अध्यक्षमा नयाँ वडा कमिटी चयन भएको छ ।
अधिवेशनले उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा कमल गुरुङ, उपसचिवमा खुशीमान आले र लीला थापा मगरलाई जिम्मेवारी दिएको छ ।दीप गुरुङको नेतृत्वमा नवीन गिरी, चूडामणि अधिकारी, चन्द्रकला अधिकारी, दुर्गाबहादुर क्षत्रीसहितको अध्यक्ष मण्डलले सर्वसम्मत वडा कमिटी चयन गरेको हो ।
अधिवेशन उद्घाटन गर्दै पार्टीका गण्डकी प्रदेश सदस्य समेत रहेका अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सामाजिक न्याय, विकास र समृद्धिका लागि एमालेको झण्डामुनि गोलबन्द हुनुको विकल्प नरहेको बताए । उनले जनताको वास्तविक सेवा गर्ने पार्टी एमाले रहेको दाबीसमेत गरे ।त्यस अवसरमा प्रदेश सदस्य एवम् अन्नपूर्ण इन्चार्ज भरतमान् गुरुङ, जिल्ला सदस्य नवीन गिरी, जिल्ला सदस्य एवम् वडा इन्चार्ज प्रदीप गुरुङ, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, अन्नपूर्ण गाउँकमिटी अध्यक्ष चूडामणि अधिकारी, एमाले नेता श्याम गुरुङ, पूर्व वडाध्यक्ष घनश्याम चापागाईं, काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका ओमबहादुर गुरुङ लगायतले भनाइ राखे ।
वडा कमिटीका कावा अध्यक्ष महेश कुलुङ राईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन वडा सदस्य राम गुरुङले गरेका थिए ।
तपाईको प्रतिक्रिया