७ पुष ,चितवन।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आजदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ। सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले पुस ७ देखि १३ सम्म दैनिक तीन घन्टा सडक बन्द गर्न लागिएको हो ।नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दराईका अनुसार बिहान ११ः०० देखि अपराह्न २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो। उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछन्।
यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिनेछन्।विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनले जानकारी दिए।
एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिनेछ।
यस्तो छ समय तालिका
तपाईको प्रतिक्रिया