१ पुस ,पोखरा ।
नेपाल पुन मगर समाज केन्द्रिय समितिको दोस्रो राष्ट्रिय महाधिवेशन एवं नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्व मन्त्री तथा नेपाल मगर संघका संरक्षक उत्तम बहादुर पुनले अब सम्पूर्ण पुन मगर एकजुट भई अगाडि बढ्न आग्रह गर्दै समाजका लागि पुन मगरहरुको आवश्यकता परेको हुँदा हामीहरु सबै मिलेर पुन मगर समाजलाई अगाडि बढाउन कार्यक्रममा उपस्थित महानुभावहरुलाई अनुरोध समेत गर्नुभयो ।
उद्घाटन कार्यक्रममा पूर्व मन्त्रीहरु नरदेवी पुन, गणेश पुन, उपसभामुख विना मगर, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नविन रोका, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन, आदिवासी जनजाति आयोग महासंघका महासचिव सुजन कुमार लामा, रोल्पाका अध्यक्ष धन बहादुर पुन, युके पुन मगर संघका अध्यक्ष बल पुर्जा मगर लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
पुस २९ र ३० गतेसम्म चलेको अधिवेशनले खेम पुनको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा पुन मगरहरुको चिप्लेढुङ्गाबाट शुरु भएको ¥याली पोखरा सभागृहमा आई उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया