म्याग्दी । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मंगलबार ८ जनाकाे उद्धार गरिएकाे छ ।यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा हुँदै आएको छ । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा मंगलबार म्यादीकाे बेनी नगरपालिकाका विभिन्न वडाबाट ३ बालकसहित ८ जना सहयाेगापेक्षी सडकआश्रित मानवहरु उद्धार गरिएकाे हाे । मंगलबार उद्धार हुनुभएका ८ जनालाई मानवसेवा आश्रम बागलुङ सेवाकेन्द्रमा संरक्षणका लागि लगिएकाे छ ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा मंगलबार म्याग्दीकाे बेनीबजारसम्म आइपुग्दा १७० जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । १२९ पुरुष र ४१ महिलाकाे सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।
तपाईको प्रतिक्रिया