पोखरा, २१ कात्तिक ।
नेपाल संवत् ११४५ का अवसरमा गगन नेवाः खल पोखरा महानगरपालिका वडा नं ३२ को आयोजनामा आज लेखनास्तरीय न्हूँदया भिन्तुना ¥याली गरिएको छ ।
पोखरा–३२ स्थित प्राचीन तीर्थस्थल कालिका मन्दिरदेखि तल्लो गगनगांैडासम्म ¥याली आयोजना गरिएको गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले जानकारी दिनुुभयो ।
नेपाल संवत्को महिमा र गरिमालाई नयाँ पुस्तामाझ पुु¥याउँदै नेवारी संस्कार र संस्कृतिको प्रवद्र्धन समेतको उद्देश्य राखी ¥याली आयोजना गरिएको उहाँले बताउनुुभयो ।
¥यालीमा जनप्रतिनिधि राजनीतिकर्मी, शिक्षासेवी, विभिन्न सेवा पेशा र व्यवसायमा आवद्ध व्यक्ति एवम् सर्वसाधारणको उपस्थिति थियो ।
¥याली पछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले हाम्रा संस्कार र संस्कृतिको जगेर्नाका लागि सामुहिक प्रयास आवश्यक भएको बताउँनुुभयो ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेपाल संवत् नेपालको राष्ट्रिय संवत्् भएको बताउनुुभयो । हामीले आफ्ना भाषा र संस्कृतिको संरक्षण गर्नुुपर्नेमा जोड दिदै उहाँले कोही कसैले संस्कार र संस्कृति विर्सन नहुनेमा जोड दिनुुभयो । पछिल्ला समयमा हाम्रा मौलिक संस्कृति तथा संस्कार हराउँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
गगन नेवाः खलका अध्यक्ष लिलबहादुर श्रेष्ठको अध्यक्षता एवम् सचिव शरणकुुमार प्रधानले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लामिछाने, गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उत्तममान बज्राचार्य, मिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्य, पूर्व अध्यक्ष मेनुुका श्रेष्ठ लगायतले नेपाल संवत्को महत्वबारे आ आफ्ना धारणा राख्नुुभएको थियो ।
तपाईको प्रतिक्रिया