पोखरा । कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको हो सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा हुने भएको हो ।संघ सरकारले दिनेवाहेक थप दिनको बिदाका लागि त्यतिबेला सरकारले निर्णय गरेको थियो । कोजाग्रत पूर्णिमा वाहेक चैते दसैं र भानुजयन्तीमा समेत गण्डकीमा सार्वजनिक बिदा भएको थियो ।
तपाईको प्रतिक्रिया