न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन पुगेका बेला उनीहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकपछि प्रधानमन्त्री ओलीले भेटवार्ता उपलब्धिमूलक भएको बताए । भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्रका सहसचिव तथा प्रवक्ता अमृत कुमार राई थिए ।
भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति ।
तपाईको प्रतिक्रिया