२० भदौ, पोखरा । बजेट पारित भएपछि स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गते बस्ने भएको छ । असार १७ गते स्थगित भएको बैठक २६ गतेका लागि बोलाइएको संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारका कारण संसदको काम पनि प्रभावित भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद बिस्तार गरेसँगै संसद बोलाउने निर्णय गरेका हुन् ।
संसदमा अहिले ३ वटा विधेयक छलफलका लागि छन् । बिजनाषक विषादी व्यवस्थापन सम्बन्धनमा बनेको विधेयक संसदमा सामान्य छलफलपछि थप छलफलका लागि संसदीय समितिमा पठाइएको छ । प्राइभेट फर्म सम्बन्धी अर्को विधेयक पनि संसदमा छ ।
साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सरकारले संसद सचिवालयमा दर्ता गराएको छ । गण्डकी प्रदेश सभामा रहेका संसदीय समिति पनि अहिले निस्क्रिय बनेका छन् । सरकार फेरबदलको प्रभाव समितिमा पनि परेको हो ।
तपाईको प्रतिक्रिया