जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा विगत लामो समयदेखि स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने १४९ सबारी साधनहरू नियन्त्रणमा लिई कारवाही गरेको जनाएको छ।
श्रावण ३० गते देखि भदौ २ गतेसम्म १४९ थान मोटरसाइकल नियन्त्रणमा लिई कारवाही प्रक्रियामा रहेको प्रहरीले जनाएको छ । यसवाट करिव रु वाइस लाख० राजस्व उठ्ने अनुमान प्रहरीको रहेको छ ।
अभियान संचालन गरेदेखि हालसम्म स्वरूप परिवर्तन गर्ने, ध्वनी प्रदुषण गर्ने जम्मा २०३५ थान मोटरसाइकललाई कारवाही गरी रू२९,००,८००। जरिवाना गरेको प्रहरीले स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक,ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को वमोजिम रू।१५,०००।– सम्म जरिवाना हुने व्यवस्था रहेको बताएको छ ।
यसैबीच स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसप संचालकहरूलाई समेत पक्राउ गरी स्वरुप परिवर्तन नगर्ने शर्तमा छाडिएको र सचेतनामुलक कार्यक्रम गरी स्टिकर समेत टाँस गरिएको ।
यस कार्यमा संलग्न सवारी धनी र वर्कसप संचालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइने समेत कास्की प्रहरीले जनाएको छ ।
स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, ध्वनी प्रदुषण, विरामी, वृद्दवृद्दा, वालवालिका तथा संवेदनशील क्षेत्र,अस्पताल स्कुल प्रत्यक्ष असर पर्ने,
हुदा स्वरूप परिबर्तन गरेर सबारी साधन चलाएको, स्वरुप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि कास्की प्रहरीले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया