बाटुलेचौरको तिज मेला १६ स्थित आमा समुहहरुले संचालन गर्ने
- Pokhara Express
- २०८१ श्रावाण ३१ बिहीबार
साउन ,पोखरा
पोखरा १६ स्थित बाटुलेचौरको ऐतिहासिक तिज मेला १६ स्थित आमा समुहहरुले संचालन गर्ने भएका छन।साबिकको आयोजक संस्था हिमालय क्लबले पत्र मार्फत यस पटकको मेला सन्चालन गर्न नसक्ने जानकारी वडा कार्यालयलाइ गराए पछि वडाले महिला भेला मार्फत महीला समूहहरुलाई कार्यक्रमको जिम्मेवारी सुम्पेको हो।
यसै बिच वडा कार्यालयले पुर्ब आयोजक संस्था हिमालय क्लब,बाताबरण संरक्षण क्लब, नागरिक समाज,बिन्दबासिनी मा.बि. का प्रतिनिधी तथा मेलाका पुर्व संयोजकहरु समेतको उपस्थितिमा मेला संचालन सम्बन्धि छलफल गराएको थियो।उक्त छलफलले पनि महिलाहरुको बिशेष चाड भएकाले महिला समूह मार्फत कार्यक्रम गर्न सुझाएको वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए।शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेलाले मुलुककै पुरानो संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको तिमिल्सिनाको भनाई छ।
राजा कुलमण्डल शाहको शासनकालतिरै पबित्र सेति नदी तथा ठुलीपोखरी नुहाएर आएका महिलाहरुले बाटुलेचौरको मैदानलाइ बिश्रामस्थलको रुपमा प्रयोग गरि गित मार्फत आफ्ना मनका बह पोख्ने थलोको रुपमा उक्त स्थानलाइ लिएका थिए। स्थानिय बडहरबोट आमा समूह आयोजकको भुमिकामा रहने मेलाको सह आयोजकका रुपमा वडा भरिकै आमा समूह रहने आयोजक समूहकी अघ्यक्ष कमला तिमिल्सिनाले बताइन।बडा प्रतिनिधी तथा स्थानियहरुले महिलाहरुप्रति गरेको बिश्वास कायम राख्दै मेलालाई सफल बनाउन वडाभरिका महिलाहरु उत्साहित रहेको पनि उनले बताइन।बडा स्थित महिला, बालबालीका तथा अपागं लक्षित कार्यक्रम हेर्ने जिम्मेवारी पाएकी वडाकी जन प्रतिनिधी राजकुमारी बानियालाई महिला भेलाले उक्त कार्यक्रमको संयोजकमा चयन गरेको छ।
संयोजक चयन पछि उनले भनिन बडा समितिले त बिश्वास गरेकै थियो,आम दिदि बैनीहरुको समेत बिश्वासले मलाइ थप आत्मबल प्रदान गरेको छ। यसै बिच सामाजिक बिभेद बिरुद्द सामाजिक रुपान्तरण अभियन्ता तथा दलित महिला सदस्य मन्जु नेपालीले उक्त कार्यक्रममा बिभिन्न समूह बिच तिज गित प्रतियोगिताको साथमा अन्तर बिघ्यालय नृत्य प्रतियोगिता पनि गरिने जानकारी गराइन।राष्ट्रीय ह्याण्डबल खेलाडी बिशाल बस्नेतको नेतृत्वमा ह्याण्डबल प्रतियोगिता राख्नका लागी समेत कसरत भइरहेको उनको भनाइ थियो।
वडा शिक्षा समितिका अघ्यक्ष समेत रहेका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले कार्यक्रम समुदघाटनकै अवसर पारी वडा भित्रका उत्कृष्ट बिद्यालय सम्मान कार्यक्रमका साथ बिध्याबारिधि गरेका बडा भित्रका नागरिकहरुलाइ शैक्षिक सम्मान समेत गरिने जानकारी दिए।स्मरण रहोस गत बर्ष पोखरा १६ स्थित लामाचौर तिज महोत्सबमा पोखराका मेयर धनराज आचार्यको उपस्थितिमा वडा कार्यालय १६ ले वडाबासिहरुलाइ निशुल्क एम्बुलेन्स सेवाको कार्यक्रम घोषणा गरेको थियो। जुन कार्यक्रमले अहिले पनि निरन्तरता पाएको छ।
तपाईको प्रतिक्रिया