काठमाडौं, साउन
काठमाडौं महानगरपालिका(२६ पवित्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम सहित नागर्जुन नगरपालिका(७ घर भएका ३५ वर्षीय मणिराज गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका(७ शिबचोकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल २ हजार ४ सय ट्याब्लेट र नगद २९ हजार ८ सय रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका(७ दक्षिणढोका बस्ने मकवानपुर टिस्टुङ पालुङ घर भएका २६ वर्षीय समिर लामा र काठमाडौं महानगरपालिका(३२ जडिबुटी बस्ने नुवाकोट घर भएका २४ वर्षीय सिजन श्रेष्ठ रहेका छन् । प्रहरी बिट अर्यालगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ५८ ट्याब्लेट सहित भारत बेतिया टाउन थाना(१० बस्ने २४ वर्षीय मोहम्मद अलबाजलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र।०३(००१ ख २६६६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका(१५ जमुनाह चेकपोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित मुगु छायाँनाथ गाउँपालिका(११ बस्ने २० वर्षीय चन्द्र बहादुर साउदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका(६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा ७ सय ३६ किलो सहित पाख्रीबास नगरपालिका(१० बस्ने २६ वर्षीय सुजन भन्ने टंक बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना।८ ख १२६८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक टंक बहादुरलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका(५ पवित्रावस्तीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५१ मिलिग्राम सहित सोही नगरपालिका(५ पवित्राबस्ती बस्ने १९ दिनेश नेपाली र १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरिया र अस्थाई प्रहरी पोष्ट गजरौलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(१५ उर्माबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय राम किसोर रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया