साउन, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् । राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।
कालोसूचीमा परेका अन्यमा सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी, देवनारायण पवन/मैनाचुली/खम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवन, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि नेपालगञ्ज, बराह निर्माण सेवा र सुवास निर्माण सेवा सुर्खेत लगायत छन् ।
काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन् । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
तपाईको प्रतिक्रिया