साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।
काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी रहेको बताइएको छ ।
४ जनाको उद्दार गरिएको छ । जसमध्ये तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको केएमसीमा उपचार भइरहेको छ ।शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिंदै गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलबाट थप तीन जनाको जिवितै उद्धार गरिएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले थप दुई जनालाई जीवितै उद्धार गरिएको बताए ।उद्धार गरिएका ४ मध्ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र ३ जनालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
जिवितै उद्धार गरिएका व्यक्तिको पहिचान हुन बाँकी रहेको उनले बताए । त्यसैगरी १५ जनाको शव निकालिएको छ ।सौर्य एअरको जहाज धावनमार्गबाट उड्ने क्रममा बिहान सवा ११ बजे दुर्घटनामा परेको थियो । पोखराका लागि उड्ने क्रममा बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटनामा परेको थियो ।
जहाजमा लागेको ाागो ११ : ४० बजे नियन्त्रणमा आएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
तपाईको प्रतिक्रिया