साउन ,पोखरा
हाम्रो गन्तव्य बहुउधेश्यीय सहकारी सस्था लिमिटेड, स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा लागेको अवसरमा विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ्र
सस्था द्वारा संरक्षित पोखरा १८ मा अवस्थित पार्कमा भएका बिरुवा गोडमेल एवं मलजल कार्य सम्पन्न गरेको हो ्र सहकारीका सदस्यहरुले हरेक वर्ष स्थापना दिवसको अवसरमा आफुले सारेका विरुवा संरक्षणको लागी हरेक वर्ष दुइ पटक गोडमेल समेत गर्दै आएका थिए ्र
सस्थाले आफ्नो स्थापनाको अवसरको पार्कमा चार फिटको बुद्वको मुर्ति राख्नको लागी आज शिलान्यास समेत गरेको छ ्र सस्थाको कोषाध्यक्ष शरण शाक्यको संयोजकत्वमा बुद्वको मुर्ती व्यवस्थापन उपसमिती गठन गरीएको छ ्र ६० दिन भित्र बुद्वको प्रतिमा स्थापना गर्ने गरी काम अगाडी बढाइएको सहकारीका अध्यक्ष विष्णुहरी तिमिल्सिनाले जानकारी दिएका छन ्र
सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा २१ वटा ठुलो धुपीको बिरुवा सार्ने काम सम्पन्न गरेको छ ्र कार्यक्रममा सहकारीका अध्यक्ष विष्णुहरी तिमिल्सिना ।सल्लाहकार रामप्रसाद तिमिल्सिना,सन्तोष शर्मा ,सचिव बिभिशण तिमिल्सिना ,कोषाध्यक्ष शरण शाक्य ,व्यवस्थापक सुन्दर कोइराला लगाएत अन्य शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ्र
तपाईको प्रतिक्रिया