शुक्रबार बेलुकीदेखिको अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरूद्ध छन्। नेपाल प्रहरीले आइतबार बिहान ११ बजेसम्म देशभरका ४४ वटा राजमार्गमा अवरूद्ध रहेको जानकारी दिएको छ। १७ वटा राजमार्गमा सवारी साधनहरू एक तर्फी सञ्चालनमा छन्।२७ वटा राजमार्ग भने पूर्ण रूपमा अवरूद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। पाँच वटा राजमार्ग भने वर्षाभरि खुल्न नसक्ने अवस्थामा नरहेको सूचनामा उल्लेख छ।
प्युठानको नौबहिनी गाउँपालिका-१ मा पहिरो जाँदा स्याउली-बाग्दुला अवरूद्ध छ।माण्डबी गाउँपालिका-१ म पहिरो जाँदा भालुवाङ-दाङ-प्यूठान सडक अवरूद्ध छ।गुल्मीमा रिडी-बाग्लुङ सडक अवरूद्ध छ। कालीगण्डकी गाउँपालिका-३ को पहिरोले कालीगण्डकी करिडोर पूर्ण अवरूद्ध छ। त्यस्तै गुल्मीमै मदन भण्डारी राजमार्ग र रिडी बाग्लुङ सडक पूर्ण अवरूद्ध छ।अर्घाखाँचीमा गोरूसिंगे-सन्धीखर्क सडक, पाल्पा अरघाखाँची सडक पूर्ण अवरूद्ध छ।शहीद राजमार्ग रोल्पामा अवरूद्ध छ।
त्यस्तै कर्णाली राजमार्ग कालीकोटमा, जयपृथ्वी राजमार्ग बैतडीमा पूर्ण अवरूद्ध छ।कतिपय स्थानमा बाढी र पहिरोले भौतिकसँगै मानवीय क्षति समेत भएको छ। ललितपुरको बागमती गाउँपालिका-३ मा पहिरोका कारण कान्ति लोकपथ सडकखण्ड अवरूद्ध छ।
हेर्नुस् अवरूद्ध रहेको सडकको सूची:

तपाईको प्रतिक्रिया