पोखरा ,चैत १९
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकार सम्बन्धि कार्याशाला सोमबार पोखरामा सम्पन्न भएको छ। कार्यशालाको गण्डकी प्रदेश सभाका उप -सभामुख बिना कुमारी थापा मगरले उद्घाटन गरिन। थापाले आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकार बिना मानव अधिकारको पूर्ण प्रत्याभुती असंभव भएको उल्लेख गर्दै नेपालको संविधानद्वारा प्रत्याभूत गरेका ३१ वटा मौलिक हकको कार्यान्वयनमा प्रदेश सभा कटिबद्धताका साथ लागेको बताइन। उप- सभामुख थापाले मानव अधिकार प्रकृति प्रदत्त अधिकार भएको र राज्यमा बसोबास गर्ने सबै नागरिकले निर्बाध सो अधिकार उपभोग गर्ने अबस्था सृजना हुनुपर्ने त्यसका लागि सबै प्रकारका बिभेदको अन्त्य जरुरी भएको बताइन।
मानव अधिकार जहिले पनि सहभागीतामुलक हुने भन्दै सबै पक्ष यसको कार्यान्वयनमा लाग्नु पर्ने उल्लेख गरिन । कार्यशालामा राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालय का अधिकृत खिमलाल सुबेदिले गण्डकी प्रदेशमा आर्थिक, सामाजिक एबम सास्कृतिक अधिकार कार्यान्वयनको अबस्था ,प्रदेश सरकार र प्रदेश सभाको भुमिका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले मानव अधिकारको क्षेत्रमा बनेका ऎन नियम र कानुनको कडाइका साथ कार्यान्वयन र आबश्यक थप कानुन निर्माणमा जोड दिए। अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) का केन्द्रिय अध्यक्ष डाक्टर कुन्दन अर्याल, एच आइ भि संक्रमीत महिला तथा बालबालिकाको संजालका अध्यक्ष मोना शेरचन , यौनिक अल्पसंख्यक समुदायका संयोजक राजु थकाली , गण्डकी बहिरा संघका कोषाध्यक्ष जमान सिंह गुरुङ ,डिडा नेपालका संस्थापक अध्यक्ष गिरिधारी सुवेदी ,गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सदस्य बिजय कुमार प्रधान,गैर सरकारी संस्था महासंघ नेपाल गण्डकीका संयोजक गोपाल खड्का , पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की , नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी , गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य अञ्चला चौधरी ,गण्डकी प्रदेश लेखा समितिका सभापति सुधीर पौडेल , नागरिक समाज मंच गण्डकीका संयोजक बिष्णु प्रसाद बराल, सहितले आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकार सम्बन्धि संबैधानिक ब्यबस्था ,कार्यान्वयनको अबस्था र अबको भुमिका बिषयमा प्रकाश पारेका थिए ।
कार्यशालामा गण्डकी प्रदेश सभाका सदस्य , प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनितीक दलका सचेतक र दलका नेताहरू सहित सरोकारवाला निकाय संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक )गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन इन्सेक पोखराका कार्यक्रम अधिकृत सबनम शर्माले गरेकी थिइन।
तपाईको प्रतिक्रिया