चौथाे चापाकाेट देउराली सामुदायिक हाेमस्टे सांस्कृतिक महाेत्सव २०८० सम्पन्न भएको छ ।
महाेत्समा भएको भलिबल प्रतियोगितामा पहिलो ठुलाखेत दाेस्राे घाटिछिना दाेस्राे भएको छ ।
झाकी र्याली प्रतियोगितामा पहिलो हर्पन खाेला तमु समाज, दाेस्राे सहनसिल आमा, तेस्रो नमुना हर्पन आमा समूह र सान्त्वना लालि गुराँस आमा समूह भएको छ ।
दुना टपरी बनाउने प्रतियोगितामा पहिलो पबित्रा देवकोटा, दाेस्रे पार्वती अधिकारी, तेस्रो शान्ति बिक र सान्त्वना उजेली सुनार भईन् ।
नैमती बाजा प्रतियोगितामा पहिलो सगरमाथा नैमती बाजा, दाेस्राे पञ्चाेसे नैमति बाजा, तेस्रो आदिखाेला नैमती बजार, सान्त्वना भुका देउराली नैमती बाजा र चापकाेट नैमती बाजा भएको छन् ।
भजन प्रतियोगितामा पहिलो पञ्चासे भजन समूह, दाेस्राे राधाकृष्ण भजन समूह, तेस्रो सन्जय ढकाल दाजु भाई समूह र सान्तवना अैसेललुचउर भजन समूह घाेषित भए ।
बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा पहिलो अश्मी गुरुङकाे समूह, दाेस्राे सिमा रानाको समूह, तेस्रो सिद्व बराहा र सान्त्वना जनकल्याण बाेडिङ् स्कुल भएका छन् ।
काैडा नृत्य प्रतियोगितामा पहिलो पुर्णिामा संस्कृति कला केन्द्र, दाेस्राे सनराईज बाेडिङ्, तेस्रो अरपिता गुरुङकाे समूह,सान्त्वना सिद्वबराहा माबी भएका छन् ।
रत्याैली गित प्रतियोगितामा पहिलो पिपलडाली आमा समूह, दाेस्राे पञ्चासे परिवर्तन समूह, तेस्रो सहनसिल आमा समूह, सान्त्वना देउराली आमा समूह भएका छन् ।
गण्डकी प्रदेश सरकार प्रदेश सभा सदस्य प्रकाश बरालले संस्कृति संरक्षणमा महाेेत्सबले महत्त्वपूर्ण भुमिका खेलेको बताए । सरकारले यस्ता कार्यक्रमलाई प्रसाेहान गर्नुपर्ने बताए ।
सरकारकाे सिमित स्राेत र साधन भएको कारण जनताको आसा अनुसार बिकास गर्न नसकिएको स्विकार गरे ।
पाेखरा २३ वडा अध्यक्ष रामकाजीले गुरुङ पर्यटन प्रवर्द्धनमा महाेत्सबले सहयोग गर्ने जानकारी दिए । हाेमस्टेकाे लागि पुर्वाधार बिकास याेजना नमुना गाेरेटाे बाटो निर्माण हुदै गरेको छ ।
पाेखरा २४ वडा सदस्य रेशम सुवेदी चापकाेट क्षेत्रलाई पर्यटन क्षेत्र घाेषणा गर्न पहल गर्ने बताए ।
पाेखरा महागर पर्यटन प्रवर्द्धन संघ उपाध्यक्ष रबिन्द्रराज पाैडेल चापकाेटमा पर्यटन प्रवर्द्धन गर्न पहिला पनि पहल गरेको र आगामी दिनमा पनि आवस्यक पहल गर्ने बताए ।
पर्यटन प्रबर्धन समितिका अध्यक्ष भिम पराजुलीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।महाेत्सव सह संयाेजक राेहन सुनार २४ गतेबाट २८ गतेसम्म भएको थियो ।
तपाईको प्रतिक्रिया