पोखरा लर्नर्स एकेडमीमा स्पोर्ट मिट सुरु
- Pokhara Express
- २०८० माघ २४ बुधबार

अनुशासनको पहिलो पाठ खेलकुद ः गणपति बानिया
पोखरा
पोखरा ७ माछापुच्छ्रे टोलस्थितपोखरा लनर्स एकेडेमीको १७औं स्पोर्ट मिट सुरु भएको छ । विद्यालय सञ्चालक समितिकाअध्यक्ष ईश्वर बन्धु गौतमको अध्यक्षतामा सुरु भएको वार्षिक कार्यक्रमको उद्घाटन गर्दै सशस्त्रप्रहरी बल २४ नं कालिका गण मालेपाटनका गणपति धनबहादुर बानियाले खेलले जीवनलाई सत्मार्गमा डो¥याउने बताए । अनुशासनको पहिलो पाठ खेलकुदबाट सुरु हुने बताएकाबानियाले अभिभावकप्रतिगहिरो आलोचना गरे । उनले मोबाईल र टिभी देखाएर बच्चाभुलाउने वाहनामा घरैबाटअनुशासनको पाटो हराएकामाचिन्ताव्यक्त गरे ।
पोखरा लनर्स एकेडेमीकाविद्यार्थीले देखाएको मार्च पास प्रतिखुसीहुँदै विद्यार्थीको गहनालाई जोगाउनविद्यालय परिवारसँग आग्रह गरे । २०१७ सालदेखि नेपाली सेनाले सुरु गरेको मार्च पास विद्यालयले गराउँदा राष्ट्रिय भावनामा सकारात्मक सन्देश जाने बताएका गणपति बानियाले सशस्त्रप्रहरीले डिज्यास्टर क्षेत्रमागर्दै आएको कामसिकाउनआफू तयार रहेको बताए ।
खेलकुदप्रतियोगिताले शारीरिक रमानसिकअवस्थालाई सन्तुलित राख्ने बताएकाबानियाले टिमस्पिड, युनिट एकता, आपसीभाइचारा र अनुशासनलाई केन्द्रमा राख्ने भएकाले लगनशीलभएर नियमितअभ्यास गर्न विद्यार्थीलाई आग्रह गरेका थिए ।
विद्यार्थी प्रकृति सुवेदीले सञ्चालन गरेको सभामाप्याब्सान गण्डकी प्रदेशकाअध्यक्षदिनेशकुमार श्रेष्ठ, प्याब्सानकास्कीकाअध्यक्षमथुरा पौडेल, प्याब्सानकास्कीका सचिवएवं विद्यालयका संस्थापकप्राचार्य पुष्प पराजुली, पोखरा लनर्स एकेडेमीकाप्रिन्सिपलविधानगौतम, शिक्षकआदर्श घिमिरे र कमला गुरुङलगायतले बोलेको विद्यालयकाभाइस प्रिन्सिपल उष्णा गौतमले जानकारी दिइन् ।
स्पोर्ट मिट सुरु सभामाविद्यार्थीले मार्च पास, नृत्य तथाहास्यप्रहशनलगायतकाकार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालय सरसफाई, अभिभावकको स्वागत, समुहगतविद्यार्थीको प्रस्तुतिमा सहयोग लगायतमाविद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया