काठमाडौं। माइपे मनी ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) कारोबार अनुमति लाइसेन्स पाएको छ। लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउने योजना बनाएको छ।
केही दिनभित्रै व्यावसायिक कारोबार सञ्चालन गरिने र विदेशबाट डिजिटल माध्यमबाटै नेपालका कुनै पनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाइसकिएको कम्पनीका डाइरेक्टर अफ सेल्स किरण भट्टराईले बताए।
माइपे मनी ट्रान्सफरमा पैसा पठाउँदा विभिन्न वालेटबाट पे आउट गर्न मिल्ने तथा १० हजार बढी भौतिक एजेन्टबाट समेत रकम प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।
राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी भएपछि पहिलो कम्पनीका रुपमा माइपेले लाइसन्स प्राप्त गरेको हो। नयाँ विनियमावलीमा राष्ट्र बैंकले रेमिट्यान्सको लाइसन्सका लागि २ करोड चुक्ता पुँजीलाई बढाएर १० करोड पुर्याएको थियो।
माइपेसँगै हालसम्म रेमिट्यासका कारोबारका लागि ३७ कम्पनीले इजाजतपत्र प्राप्त गरे पनि हाल २१ कम्पनी मात्रै सञ्चालनमा छन्।
तपाईको प्रतिक्रिया